ओम प्रकाश यादव
रौतहट, चैत २५ । प्रभु साह नेतृत्वको आम जनता पार्टीका केन्द्रिय उपाध्यक्ष उपेन्द्र साहले राजीनामा दिएका छन्।
पार्टीको स्थापना कालदेखि नै पार्टीमा सक्रिय भई लागेका आजपाका वरिष्ठ उपाध्यक्ष रहेका साह आज पार्टीबाट राजीनामा दिएका छन्।
सामजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता साहले आजको मितिदेखि आम जनता पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलग भएको जनाएका छन्। लामोसमय देखि पार्टीमा सक्रिय भई काम गर्दै आएका उपेन्द्र साह आज पार्टीबाट राजीनामा दिएपछि आम जनता पार्टीलाई ठूलो धक्का लागेको छ।
पार्टीको केन्द्रीय वरिष्ठ उपाध्यक्षले नै पार्टीबाट राजीनामा दिदाँ अब आजपाको भविष्य के होला भनी अड्कलबाजी हुन् थालेको छ। पार्टीका अध्यक्ष प्रभु साह संग लामोसमय देखि नेता साह सहयात्रा गर्दै आएका थिए तर आज एकाएक नेता साहले प्रभु साह संगको लामो सहयात्रा तोडेका हुन्।
आजपाको लागि नेता साहले महत्वपूर्ण योगदान दिएका थिए। आजपाबाट एक वर्ष अघि केन्द्रिय नेता एवं पूर्व प्रदेश सांसद कुन्दन कुशवाहाले पनि राजीनामा दिएका थिए।






