मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं, चैत २५ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक अपराह्न ३ बजे बस्ने छ । बैठकमा गभर्नर नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्र बैंक ऐनमा गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्तिबारे निर्णय गर्नुपर्ने व्यवस्था छ । तर, निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पदावधि आइतवार सकिए पनि हालसम्म सरकारले नयाँ गभर्नर नियुक्तको निर्णय गर्न सकेको छैन । अधिकारीको बिदाइ गत शुक्रबार नै भइसकेको छ ।

सरकारले गत फागुनमा नयाँ गभर्नर छनोट तथा सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरेको थियो । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सदस्य छन् ।

उक्त समितिले सिफारिस गर्ने तीन जनामध्ये एक जनालाई सरकारले गभर्नर नियुक्त गर्ने छ ।

प्रकाशित मिति: २०८१ चैत्र २५, सोमबार १३:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको