गणतन्त्र नै वर्तमान , गणतन्त्र नै भविष्य हो : प्रधानमन्त्री ओली



जनकपुरधाम, चैत २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लागि गणतन्त्र नै वर्तमान र गणतन्त्र नै भविष्य रहेको बताएका छन । मधेश प्रदेश सभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बलिदान पूर्ण संघर्ष बाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प सोच्न पनि नसकिने बताए ।

उनले भने,‘ यसका लागि धेरैले आशु बहाएका छन , जेल नेल भोगेका छन ,अहिलेको अवस्थाको कुरा गर्दा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु , अग्रजहरु प्रति सम्मान व्यक्त गर्दछु , सहभागिता मुलक समावेशी व्यवस्थालाई दृढ गर्दै जानु पर्दछ, यस प्रणालीको रक्षा गरिनु पर्दछ , त्यसकालागि समाजिक, राजनीतिक रुपमा सुदृढ हुनु पर्दछ ।’



जनमतबाट केही गर्न नसक्ने २ ÷४ हजार मानिसले आन्दोलनको नाउमा वितण्डा मच्चाउदैमा व्यवस्था परिवर्तन नहुने बताउदै प्रधानमन्त्री ओलीले निजी सम्पतिमा तोडफोड गर्ने, औषधी कारखाना जलाउने जस्ता कार्यमा संलग्नहरुलाई कडा कारबाही गरिने बताए ।
नयाँ पुस्ताहरुले राजतन्त्र नदेखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने ,‘ राजा भनेको सामन्ति प्रणाली हो, यसलाई हामीले स्वीकार गर्न सक्दैनौ, गणतन्त्र वर्तमान, गणतन्त्र नै भविष्य हो । नागरिक सर्वोच्चताको साटो व्यक्ति सर्वोच्चता सम्भव छैन । ’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै उनले भने ‘ व्यवस्थालाई व्यवस्थित गर्ने चिज नै संविधान हो, संविधान पूर्ण हुँदैन, समयानुसार परिवर्तन हुदै जानेछ । हाम्रो संविधानमा केही समस्या देखिएका छन, त्यसका लागि संशोधनको कुरा अगाडी बढाइएको छ । संविधान संशोधन, समाजिक एकता कायम गर्न, राष्ट्रिय एकता कायम गर्नका लागि हुन्छ । नकी प्रतिगमणको ढोका खोल्न ।’

वर्तमान व्यवस्थाका लागि मधेश प्रदेश अहम योगदान गरेको उल्लेख गर्दै ओलीले व्यवस्थाको रक्षाको लागि समेत मधेश अग्रणी मोर्चामा रहने विश्वास व्यक्त गरे ।

व्यवस्था र प्रणाली प्रति सत्ता पक्ष र प्रतिपक्ष नजिक नजिक रहेको उल्लेख गर्दै प्रम ओलीले यही नै गणतन्त्रको सबल पक्ष रहेको बताए ।
अगामी निर्वाचन सम्म वर्तमान गठबन्धनले नै निरन्तरता पाउने दावी गर्दै उनले भने, यो सरकार ढल्ने त के कुरा, हल्लिन पनि सक्दैन । ’

प्रकाशित मिति: २०८१ चैत्र २६, मंगलवार १४:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको