दिल्ली क्यापिटल्स १२ रनले पराजित



जनकपुरधाम, चैत ३१ । आइतबार भएको रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको छ।

१९ औं ओभरमा, मुम्बईले लगातार ३ बलमा दिल्लीका ब्याट्सम्यानलाई आउट गर्‍यो र खेल जित्यो। यस ओभरमा आशुतोष शर्मा, कुलदीप यादव र मोहित शर्मा आउट भए।

आइतबार दिल्लीले अरुण जेटली रंगशालामा बलिङ गर्ने निर्णय गर्‍यो। मुम्बईले ५ विकेट गुमाएर २०५ रन बनाएको थियो। तिलक वर्माले अर्धशतक बनाए। जवाफमा दिल्ली क्यापिटल्स १९ ओभरमा १९३ रनमा अलआउट भयो। करुण नायरले ४० बलमा ८९ रन बनाए। कर्ण शर्माले ३ विकेट लिए।

प्रकाशित मिति: २०८१ चैत्र ३१, आईतवार २३:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको