न्यायीक समितिको आदेशमा क्लिनिकमा ताल्चा



राजविराज, चैत ३१ । यहाँस्थित बालाजी डेण्टल क्लिनिक प्रा.लि.मा ताल्चा लगाइएको छ । लामो समय देखी घरधनीलाई भाडा नदिएको तथा पटक पटक राजविराज नगरपालिकाको न्यायीक समितिले गरेको आदेशको वेवास्ता गरिएको भन्दै आईतवार वडा कार्यालयका प्रतिनीधी, प्रहरी, स्थानीय भरभलादमी तथा संचारकर्मीको रोहबरमा ताल्चा लगाइएको हो ।

राजविराज ४ मा भाडाको घर लिएर संचालन हुदै आएको उक्त क्ल्निीकका संचालक डा विवेक कुमार झाले न्यायिक समिति समेतको आदेशको पालना नगरेकाले वडाकार्यालयलाई कार्यान्वयन गर्न÷गराउनु पत्र आएपछि ताल्चा लगाइएको वडाअध्यक्ष दिनेश कुमार साहले बताए । उनका अनुसार घरधनी राजरोशन जोन्छेले घर भाडा दिन डा झाले आलटाल गर्ने, घरपनि खाली नगर्ने तथा उल्टै धम्की समेत दिन थाले पछी उनी न्यायका लागी राजविराज नगरपालिकाको न्यायीक समितीमा पुगेका थिए । डा.झाले ४ वटा कोठा ३० हजार प्रति महिनाका दरले भाडाले लिएको तथा भाडा वापतको हाल सम्म ६ लाख ६४ हजार रुपैया दिन आलटाल गरेको भन्दै घरधनी जोन्छे न्यायीक समिती पुगेका थिए ।

त्यसपछि नगरपालिकाले पटक पटक डा झालाई बोलाई घरपट्टीको भाडा बुझाउन समय सिमा सहित सहमती गराएको थियो । तर सहमती विपरीत अटेर गरी वस्दा समितीको आदेशमा उक्त क्लिनीकमा ताल्चा लगाइएको वडा अध्यक्ष साहको भनाई छ । आफुले न्यायीक समितीको आदेश कार्यान्वयन गरेको तथा प्रतिवादी डा झाको क्लिनीकमा रहेका सबै स्वास्थ्य उपकरण सोही कोठामा सुरक्षित साथ राखी साँचो घरधनीलाई बुझाइएको उनको भनाई छ ।

घरधनी जोन्छेको घरबहाल बाकी रहेको रकम नदिए सम्म उक्त सरसमान रोक्का र सो अवधी सम्मको हर्जाना समेत क्लिनीक संचालनलाई ब्यहोर्नू पर्ने बताइएको छ ।

प्रकाशित मिति: २०८१ चैत्र ३१, आईतवार १९:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको