राजविराज, चैत ३१ । शारिरीक रुपमा अशक्तहरुलाई विपदका वेला जोगाउने र जोखिम न्युनीकरण गर्ने उदेश्यले यहाँ सचेतना मूलक सडक नाटक प्रर्दशन गरिएको छ ।
सिडीएन ग्लोबल संस्थाको सहयोगमा समावेशी अपाङ्ग संघ सप्तरी र सबल नेपालले संयुक्तरुपमा विपदका बेला शारिरीक रुपमा अशक्त भएकाहरुलाई बच्न र बचाउने उद्धारकला सडक नाटक मार्फत प्रदर्शन गरिएको हो ।
आईतवार सप्तरीको सप्तकोशी नगरपालिका ८ ओद्राहामा गरिएको सडक नाटक प्रर्दंशनका क्रममा भुकम्प, बाढी, पहिरो, आगलागी लगायतका विपदका बेला शारिरीक रुपमा अशक्तहरुलाई कसरी बच्ने र बचाउने विषयमा कलाकौशल देखाइएको थियो ।
उक्त सडक नाटक तालिम प्राप्त स्थानीय कलाकारहरुद्वारा प्रदर्शन गरिएको थियो । उक्त अवसरमा शारिरीक रुपमा अशक्तहरुका साथै उनका अभिभावक र स्थानीयको उल्लेख्य उपस्थिती रहेको थियो । समावेशी अपाङ्ग संघ सप्तरीका अधिकृत एवं कार्यक्रम सहजकर्ता ज्ञानेन्द्र कुमार झाले यस्ता सचेतना मूलक सडक नाटकले गाउघरमा हुने प्राकृतिक विपदबाट जोगिन र जोगाउन शारिरीक रुपमा अशक्त तथा उनका अभिभावकलाई सहजता प्रदान गर्ने बताए ।
सप्तकोशी नगरपालिकाका मेयर कृष्ण ढकालको अध्यक्षतामा आयोजित सडक नाटक प्रदर्शन कार्यक्रममा उपमेयर रिता चौधरी, समावेशी अपाङ्ग संघ सप्तरीका अध्यक्ष सतिष चन्द्र झा, कोषाध्यक्ष राधा अर्याल, सचिव अशोक यादव, वडाअध्यक्ष जयराम खंग, सवल नेपालका अधिकृत क्षितिज भट्ट समेतको उपस्थिती रहेको थियो ।






