जनकपुरधाम, चैत ३१ । नेपाल लोकतान्त्रिक खेलकुद संघ धनुषाको अध्यक्षमा फेरि अखिल मढी चयन भएका छन् । आज सम्पन्न प्रथम जिल्ला अधिवेशनवाट अखिल सर्वसम्मत अध्यक्षमा चुनिएका छन् । नव गठित धनुषा कार्यसमितिको उपाध्यक्षमा राकेश यादव, महिला उपाध्यक्षमा डा. मिशा महासेठ, सचिवमा सुभाषकुमार शर्मा, सह–सचिवमा पंकजकुमार रोशन र कोषाध्यक्षमा रुपक श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा बैकुण्ठ श्रेष्ठ, राजेश कुमार साह, बाबुराम श्रेष्ठ, मनोज दनुवार, संजय कुमार यादव, राहुल साह, दिनेश सिंह चयन भएकाछन् ।
त्यस्तै क्षेत्रगत प्रतिनिधिहरुमा शिव शरण यादव, शिव नन्दन ठाकुर, गोपाल महासेठ, उमेश यादव, उपेन्द्र नारायण यादव, मनोज कुमार यादव, बिनय कुमार पाण्डेय, सिमा मण्डल, रण्जित कुमार पण्डित, राजेश कुमार यादव, शत्रुधन श्रेष्ठ, डा. मिशा महासेठ, पंकज कुमार रोशन, बिपिन कुमार यादव, सरोज कुमार सिंह, रामवरण यादव, कल्याण भुजेल, राहुल कुमार साहलाई चयन गरिएको छ ।
अधिवेशनले धनुषा जिल्लामा खेलकुदको समुचित विकास, युवा सहभागिता र सुदृढ संगठनात्मक संरचना निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा संघका पदाधिकारी, क्षेत्रीय प्रतिनिधिहरू तथा विभिन्न वार्ड र समुदायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।




