ओमान ११७ रनमा अलआउट, युवराजले लिए ५ विकेट



जनकपुरधाम, वैशाख १ । स्पीनर युवराज खत्रीले ५ विकेट लिएपछि आईसीसी यू-१९ विश्वकप एसिया छनोटको दोस्रो खेल‌मा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको छ ।

युवराजले ७ ओभरमा १५ रन दिएर ५ विकेट लिएपछि ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको हो । जीत व्रजेश साहले अर्धशतक बनाए । ७८ बलमा ६ चौकासहित उनले ५२ रन बनाए । सिद्धार्थ सोम्या शंकरले १६ रन बनाए ।

नेपालका लागि युवराजको ५ विकेटसँगै सन्तोष यादवले २ तथा दयानन्द मण्डल, अशोक धामी र अपराजित पौडेलले १-१ विकेट लिए ।

नेपालले पहिलो खेलमा यूएईलाई हराइसकेको छ ।

प्रकाशित मिति: २०८२ बैशाख १, सोमवार १३:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको