एमाले सचिवालय बैठक सुरु



काठमाडौँ, वैशाख १ । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थिति, युथ समिटलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार १४:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको