राजविराज, वैशाख २ । नयाँ वर्ष सबैका लागि सुख, समृद्धि तथा शान्ति लिएर आओस् भनी कामनासहित यहाँ एक सामाजिक संस्थाले नगरको मुख्य चौकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।
राष्ट्रिय सेविका नेपाल नामक संस्थाले नगरको मुटुमा रहेको गजेन्द्र चौकमा मंगलबार साँझ दीप प्रजवलन कार्यक्रम गरि यस्तो कामना गरेको हो । स्थानीय कलाकार तथा संस्थाका पदाधिकारी समेत मिलेर गजेन्द्र चौकमा सडकमै नेपालको नक्शा कोरेर गरिएको दीप प्रज्वलन कार्यक्रममा स्थानीयको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
नयाँ वर्षको अवसर पारेर पहिलो पटक यस्तो शैलीमा कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका सम्पर्क प्रमुख सुनिता साह “क्रान्ति” ले बताइन् । उनकै अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि भूमि समस्या समाधान आयोग सप्तरीका सदस्य अनवर अलि, विशिष्ठ अतिथि जंगबहादुर सिंह, लोकेन्द्र झा, प्रयागलाल यादव, मुरली मनोहर चौधरी, हरिनारायण साह लगायतले नयाँ वर्ष सबैका लागि सुःख, शान्ति र समृद्धि लिएर आओस् भनी शुभकामना दिएका थिए ।
उनीहरुले आफ्नो धर्म संस्कृतिको जगेर्ना सँगै समाजमा व्याप्त बिकृती, बिसंगति बिरुद्ध सबै मिलेर काम गर्नु पर्नेमा जोड समेत दिएका थिए ।



