मुलपानीमा नेपाली बलरको जलवा, हङकङ ११५ रनमै धराशायी



काठमाडौं, वैशाख ३ । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटअन्तर्गत नेपाललाई हङकङले ११६ रनको सामान्य लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ ४६ ओभर २ बलमा ११५ रनमा समेटिएको हो ।

हङकङलाई सस्तोमा समेट्न नेपालका युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए । विपिन शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट झारे । ब्याटिङमा हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाए ।

प्रकाशित मिति: २०८२ बैशाख ३, बुधवार १३:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको