नेपालको लगातार तेस्रो जित



काठमाडौं, वैशाख ३ । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ।

बुधबार भएको तेस्रो खेलमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तान नरेन भट्ट ३९ र शाहील पटेलले ४२ रनको अविजित इनिङ खेले । त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ ४६ ओभर २ बलमा ११५ रनमा समेटिएको थियो । हङकङलाई सस्तोमा समेट्न नेपालका युवराज खत्रीले सर्वाधिक ४ विकेट लिएका थिए ।

बिपिन शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट झारेका थिए । ब्याटिङमा हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाएका थिए ।

नेपालले पहिलो खेलमा युएईलाई ५ रन र दोस्रो खेलमा ओमनलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले अन्तिम खेल अफगानिस्तानसंग खेल्नेछ ।

प्रकाशित मिति: २०८२ बैशाख ३, बुधवार १४:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको