तमन्ना भाटिया साउथमा देखाउन सकिनन् आफ्नो ‘जलवा’



एजेन्सी, बैशाख ५ । तमन्ना भाटियाको अन्तिम तेलुगु रिलिज फिल्म २०२३ मा आएको थियो, जसको नाम भोले शंकर थियो । तर, यो फिल्मले बक्स अफिसमा आफ्नो छाप छोड्न सकेन । अब लगभग दुई वर्षपछि, तमन्ना फेरि टलिउडमा फर्किएकी छिन् । उनको फिल्मको नाम ओडेला २ हो । यो फिल्म २०२२ मा रिलिज भएको ओडेला रेलवे स्टेशनको सिक्वेल हो । तमन्ना भाग २ मार्फत फ्रान्चाइजीमा सामेल भएकी छन ।

ओडेला २ को ट्रेलरले सबैको ध्यान खिचको छ । अभिनेत्रीका फ्यानहरू लामो समयदेखि यसको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका थिए। यसबाट फिल्ममा उनको भूमिका धेरै बलियो हुने कुरा स्पष्ट थियो । यो फिल्म १७ अप्रिलमा ठूलो पर्दामा रिलिज भएको छ । सामाजिक सञ्जालमा यो देखेपछि फ्यानहरूले प्रतिक्रिया दिइरहेका छन्।

धेरैले यसलाई तमन्नाको अहिलेसम्मको सबैभन्दा बलियो भूमिका मध्ये एक भनेका छन । यस फिल्ममा तमन्ना आफ्नो करियरमा पहिलो पटक नागा साधुको भूमिकामा देखिएकी छिन् र उनले आफ्नो लुक र चरित्रलाई धेरै राम्रोसँग निभाएकी देखिन्छिन् । उनको अभिनय बाहेक, छायांकन र संगीतलाई पनि दर्शकहरूले मन पराएको छ । फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ।

प्रकाशित मिति: २०८२ बैशाख ५, शुक्रबार १८:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको