राजेन्द्र लिङ्देनसहित राप्रपाका ७ नेता रिहा



काठमाडौँ, वैशाख ७ । प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई प्रहरीले छाडेको छ।

राप्रपाको प्रदर्शनका क्रममा प्रहरीले अध्यक्ष लिङ्देनसहित बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, सरोज घिमिरे, अमर परियार, किरण दुवाल र कैलाश कटवाललाई पक्राउ गरेको थियो। उनीहरू रिहा भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनीहरूलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको थियो। उनीहरूले आइतबार सिंहदरबारभित्र प्रदर्शन गरेका थिए।

राप्रपाले आज निषेधित क्षेत्र तोड्न गरी आन्दोलन गरेको हो। तीनकुने घटनाको छानबिनका लागि न्यायिक समिति गठन, पक्राउ परेका राप्रपा नेताहरूको रिहाइलगायत माग गर्दै आज राप्रपाले निषेधित क्षेत्र तोडेको हो।

प्रकाशित मिति: २०८२ बैशाख ७, आईतवार १८:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको