राजविराज, बैशाख ९ । संघीयता खारेजी, हिन्दुराष्ट्र घोषणा, राजतन्त्र पुनः स्थापना तथा पक्राउ परेका आफ्ना नेता/कार्यकर्ताको रिहाईको मागँ गर्दै मंगलवार सप्तरी सदरमुकाम राजविराजमा राजावादीहरुले प्रर्दशन गरेका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीको अगुवाईमा राजावादीहरुले यस्तो प्रर्दशन गरेका हुन ।“राजा आउ देश बचाउ, हिन्दुराष्ट्र घोषणा गर, संघियता खारेज गर, आन्दोलनका क्रममा केही दिन अघि पक्राउ परेका आफना नेता/कार्यकर्ता रिहा गर लगायतका नाराबाजी गर्दै नगर क्षेत्रमा प्रर्दशन गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर साह, केन्द्रिय सदस्य जया महतो, गत स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयर पदका उम्मेदवार रहेका उमेश प्रसाद साह, युृवा नेता सुरेश साहका साथै स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रर्दशनका क्रममा प्रधानमन्त्रीको राजीनामा माग्नुका साथै सरकार विरुद्ध चर्काे नाराबाजी समेत गरिएको थियो । नगर परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता सहितको टोलीले जिल्ला प्रशासन कार्यालयमा केहीबेर धर्ना वसी प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन । सो क्रममा उक्त टोलीले प्रमुख जिल्ला अधिकारी दाहालका साथै सुरक्षाका लागी खटिएका सुरक्षाकर्मीहरुको हातहातमा उपहार स्वरुप फुल प्रदान गरेका थिए ।






