राजविराज, बैशाख ९ । यहाँस्थित शुभलाभ सहकारी संस्था लिमिटेडका व्यवस्थापक प्रशान्त झा पक्राउ परेका छन् ।
राजविराज ३ निवासी ४४ वर्षिय झा मंगलबार ठगि तथा अपराधिक विश्वासघात मुद्दामा पक्राउ परेका हुन् ।
सप्तरी जिल्ला अदालतबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भएपछी झालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
मंगलबार नै अदालतबाट पाँच दिनको म्याद थपेर झामाथी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उक्त संस्थाको राजविराज नगरपालिका वडा नं. ३ मा कार्यालय रहेको छ ।






