कश्मीरमा हत्या गरिएका सुदीपको अन्त्येष्टि त्रिवेणीमा



रुपन्देही, वैशाख ११ । आतंकवादी हमलामा मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ ।

मङ्गलवार छिमेकी मुलुक भारतको काश्मिरमा आतंकवादीको आक्रमणमा उनको मृत्यु भएको थियो । उनी आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि शनिवार काश्मिर गएका थिए । आतंककारीहरूले त्यहाँ पुगेका पर्यटकलाई एकैपटक घेराउ गरेर मुस्लिम र हिन्दुको कित्ता छुट्टाउन चेतावनी दिएका थिए ।

सुदिपका आमा, बहिनी र ज्वाइँ ज्यान जोखिम देखेर मुस्लिम भन्दै टाउको हल्लाएर बसे तर उनले अस्वीकार गरेर हिन्दु भएको बताएपछि ताकेर गोली हानेका थिए ।

सुदिपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगर घरमा ल्याइएको थियो ।

प्रकाशित मिति: २०८२ बैशाख ११, बिहीबार १०:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको