राजविराज, बैशाख ११ । माटो बोकेर जाँदै गरेको ट्याक्टर पल्टिदा एक जनाको मृत्यू भएको छ । दुर्घट्नामा एक जना गम्भिर घाईते भएका छन् ।
विहीबार विहान ११ बजेतिर सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १४ रम्पुरा मल्हिनियाँमा स १ त ५०८३ नम्बरको ट्याक्टर पल्टिदा सोही वडाका जितेन्द्र यादवको मृत्यू भएको हो । टाउको र ढाडमा चोट गहिँरो चोट लागेका २१ बर्षीय यादवलाई उपचारका लागि स्थानिय छिन्नमस्ता अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यू भएको प्रहरी नयाव उपरीक्षक जितिन्द्र कुमार बस्नेतले जानकारी दिए ।
दुर्घटनामा सोही वडाका २० बर्षीय दिपेश यादव घाइते भएको र उनको अहिले छिन्नमस्ता अस्पतालमै उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माटो बोकेर लैजाने क्रममा माटो निकालेर बनेको गहिँरो खाडलमा अचानक टायर फँसेर ट्याक्टर पल्टिएको थियो ।
मृतकको शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्रनारायण सिंह अस्पताल पु¥याई घट्नाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



