शिक्षक पछि चिकित्सकको आन्दोलन , आज आकस्मिक बाहेकका सेवा ठप्प हुने



जनकपुरधाम, वैशाख १२ । विभिन्न मांगहरु राख्दै विगत २४ दिन देखी शिक्षकहरु सडकमै रहेका बेला चिकित्सकहरु समेत आन्दोलित भएका छन ।

आवासीय चिकित्सकहरुलाई सरकारी आठौ तह सरहको सेवा सुविधा उपलब्ध गराउनु पर्ने सरकारको निर्णयलाई मेडिकल कलेजहरुले वेवास्ता गरेको भन्दै चिकित्सकहरु सडकमा ओर्लिएका हुन । बिहीबार माइतीघर मण्डलामा आन्दोलनरत चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलसँग गरिएको संवादबाट निकास ननिस्केपछि थप आन्दोलनका कार्यक्रम अघि सारिएको हो ।

नयाँ कार्यक्रम अनुसार शुक्रबार सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत बन्द गरिने भएको छ ।
चिकित्सकहरुले आज केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ र जिल्ला प्रशासन कार्यालय घेराउलाई निरन्तरता दिने संघले जनाएको छ ।

आन्दोलनका कारण आज देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प हुने भएको छ।
यसैबीच नेपाल चिकित्सक संघ जनकपुरले सबै चिकित्सकहरुलाई आकस्मिक बाहेकको सेवा अवरुद्ध गरि आन्दोलनमा सहभागि हुने आह्वान गरेको छ । चिकित्सक संघ जनकपुरका अध्यक्ष डा. रामजी यादवले आज विहान ११ बजे देखी १२ बजे सम्म जिल्ला प्रशासन कार्यालय धनुषामा धर्ना दिने र त्यस पछि जनकचोकमा कोण सभा गरिने जनाइएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख १२, शुक्रबार ०७:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको