सहकारी पीडितहरूको माइतीघरमा अर्धनग्न प्रदर्शन



काठमाडौं, वैशाख १५ । सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतीघर मण्डलामा सहकारी पीडितहरूले अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् ।

उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् । सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन् ।

उनीहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता लिन माग गर्दै आएका छन् । उनीहरुका माग सरकारले सम्बोधन गरेको छैन ।

प्रकाशित मिति: २०८२ बैशाख १५, सोमबार १४:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको