शिक्षक आन्दोलन माथिको दमन दुर्भाग्यपूर्ण : राजेन्द्र महतो



जनकपुरधाम, वैशाख १५ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले शिक्षकहरुको शान्तिपूर्ण आन्दोलन माथि प्रहरी प्रशासनद्वारा गरिएको दमन लोकतान्त्रिक मुलुकको निमित दुर्भाग्यपूर्ण रहेको बताएका छन ।

महतोले आज विज्ञप्ति जारी गरि पाँच दर्जन भन्दा बढी शिक्षक र पत्रकार घाइते हुने गरि प्रशासनले द्वारा भएको दमनको भत्र्सना गरेका छन ।

सामुदायिक विद्यालयमा अध्ययनरत लाखौ विद्यार्थीहरुको भविष्य विग्रीरहदा सरकार शिक्षकहरुको मांग प्रति गम्भीर हुनुको साटो शान्तिपूर्ण आन्दोलन माथि दमन गरिनुले सरकारको अत्याचार, निरंकुशता र दमनकारी नीतिको चरित्र उजागर गरेको महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

समाजलाई अन्धकारबाट मुक्ति दिलाउने शिक्षकहरुको यथोचित मांग अविलम्ब पुरा गर्न सरकारलाई आग्रह गर्दै अध्यक्ष महतोले शिक्षकहरुको आन्दोलनको साथमा सम्पूर्ण न्यायप्रेमी जनता रहेकोले असहाय र निरीह ठान्ने भूल नगर्न सरकारलाई चेतावनी समेत दिएको छ ।

शिक्षकहरुले विगत २७ दिन देखी राजधानीको सडक तताई रहदा उक्त शिक्षकहरु सत्तासिन प्रमुख दल निकट संगठनमा आवद्ध रहेको र उनिहरुकै सरकार रहेपनि दमन सहनु परेको अवस्थामा दल निकट शिक्षकहरु संग आन्दोलन छोडनु पर्ने वा दल निकटको आवद्धता छोडनु पर्ने अवस्थाको सृजना भएको विज्ञप्तिमा उल्लेख छ ।

शिक्षकहरुको आन्दोलन प्रति आम जनमानसमा असन्तोष र प्रश्नहरु उठन थाल्नु शिक्षकहरुको लागि चिन्ताको विषय बन्दै गएको रामुपाले जनाएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख १५, सोमबार १५:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको