जितेश यादव
सर्लाही, वैशाख १६ । सर्लाहीको गोडैताबाट १ क्विन्टल अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरिएको छ।
गोडैता नगरपालिका–६ मा रहेको महालक्ष्मी चिनी उद्योगको पूर्वी छेउको कच्ची सडक हुँदै उत्तरतर्फबाट नगरको सिमावर्ती बजारतर्फ ल्याउँदै गरेको अवस्थामा गस्तीमा खटिएको सशस्त्र प्रहरी बल (बिओपी) बहादुरपुरको टोलीले सो मदिरा बरामद गरि नष्ट गरेका छन।
बरामद गरीएका मदिरा स्थानीय जनप्रतिनिधि , नेपाल प्रहरी र पत्रकारको रोहवरमा खाल्डो खनी पुरीएको प्रहरीले जनाएको छ।
मदिरा तस्करले प्रहरी देखेपछी मदिरा सहितको ग्यालेन छोडी फरार भएको थियो।
सर्लाही जिल्लाको उत्तरी क्षेत्रमा उत्पादन गरिने अवैध घरेलु मदिरा जिल्लाका विभिन्न दक्षिणी हाट बजार र सीमापारी भारतसम्म तस्करी हुँदै आएको स्रोतको दाबी छ।



