हल बुकिङ नहुँदा जनमत–नाउपा एकीकरण घोषणा कार्यक्रम अलपत्र

प्रज्ञा भवन बाहिरै रोकिए कार्यकर्ता


काठमाडौं, वैशाख १७ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को एकीकरण घोषणा कार्यक्रम तोकिएको समयमा सुरु हुन सकेको छैन ।

आज बिहान ठीक ११ बजेका कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम सुरु हुने तालिका भए पनि अहिलेसम्म कार्यक्रम सुरु हुन सकेको छैन । कार्यक्रमका लागि हल नै बुकिङ नभएकोले समयमै  कार्यक्रम सुरु हुन नसकेको हो । प्रतिष्ठानको प्रशासनले हल छिर्ने मुख्य गेट बन्द राखेको छ । हलभित्र प्रवेश गर्न नपाएपछि जनमत र नाउपका कार्यकर्ता प्रज्ञा भवन प्राङ्गणमै छन्।

नाउपा पक्षकाले हल बुकिङको जिम्मेवारी लिएको नेताहरुले जानकारी गराएका छन् । अब १ बजे पछि मात्रै कार्यक्रम सुरु हुने उपस्थित नेताहरुको भनाइ छ ।

प्रकाशित मिति: २०८२ बैशाख १७, बुधबार १२:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको