र्दुघटनामा मृत्यु भएकाब्यक्तीको सनाखतकालागीआफन्तखोज्दै प्रहरी



राजविराज, बैशाख १९ । रोकिराखेको टिपरमा ठोकिदा एक मोटरसाईकलचालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको सुरुङ्गानगरपालिका ५ कुशहा खण्डमा रोकि राखेको प्र २–०१–००१ क ००४५ नम्बरको टिपरमाविहीवार मध्यरातीबा.६७ प ९५७६ नम्बरको मोटरसाईकल ठोकिएर मोटरसाईकलचालक ४० वर्षिय (सनाखतहुननसकेको) पुरुषको मृत्यु भएको हो ।

राती १ बजेतीर भएको सो दुर्घटनामा गम्भीर घाइते भएकाउनलाई तत्कालै उपचारकालागीसिरहाको लहान स्थित प्रादेशिक अस्पताल पुर्याइएकोमाउपचार कै क्रममा मृत्यु भएको जिल्लाप्रहरी कार्यालय सप्तरीकाप्रवक्ताप्रहरी नायबउपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।

पहिचानखुल्ननसकेको तीब्यक्तीको शव सोही अस्पतालमा राखीसनाखतकालागीआफन्तको खोजीभइरहेको प्रहरीले जनाएको छ । तीब्र गतीमा रहेको मोटरसाईकलमाथी नियन्त्रण गुमाउदा रोखिराखेको टिपरमा ठोकिनगई उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार १६:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको