आज देखि चन्द्रपुरमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता सुरु



रौतहट, वैशाख २३ । रौतहटको चन्द्रपुरमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता आज मंगलवार देखि सुरु भएको छ ।

चन्द्रपुर वडा नम्वर ८ कोटिहोम खेल मैदानमा आज देखि “जय नेपाल कप” अन्तर कलेज क्रिकेट प्रतियोगिता आरम्भ भएको हो । प्रतियोगिता नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटको आयोजनामा आज देखि सुरु भएको श्याम हरी चौलागाई बताए ।
प्रतियोगितामा जिल्लाका ८ वटा क्याम्पसको क्रिकेट टिम सहभागी रहेको जनाइएको छ । दुई ग्रुपमा विभाज गरिएको छ ।

विभाजित खेल समूह ‘ए’ मा गौरीशंकर यादव रौतहट क्याम्पस (गौर), मध्य रौतहट मल्टिपल क्याम्पस (गरुडा), सुरत रामकेवल मल्टिपल क्याम्पस (गुजरा), कटहरिया मल्टिपल क्याम्पस (कटहरिया) रहेका छ्न ।

यसैगरी समूह ‘बी’ मा सिन्धुरेघारी मल्टिपल क्याम्पस (चन्द्रपुर), श्रीदेवी सीटीइभीटी कलेज (मधवनारायण), लक्ष्मी श्री मल्टिपल क्याम्पस (समनपुर) अभियान एजुकेशनल कन्सल्टेन्सी (गौर) रहेका हुन् । प्रतियोगिताको लिग म्याच बैशाख २३ देखि २९ गतेसम्म सञ्चालन हुने छ । बैशाख ३० गते सेमिफाइनल र ३१ गते दिउसो २ः५५ समय देखि फाइनल खेल हुने आयोजक समितिले जनाएको छ ।

विजेता टिमलाई १ लाख र उपविजेता टिमलाई ५० हजार पुरस्कार व्यवस्थापन गरिएको छ । मौसमका कारण खेल प्रभावित भएमा समूह चरणमा अंक बराबरी बाँडिने र नकआउट चरणका लागि रिजर्भ डेको व्यवस्था गरिएको आयोजकले जनाए ।
फाईल खेल ३१ सम्म हुने कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले जानकारी गराए ।

उदघाटन खेल समुह बी सिन्धुरेघारी मल्टिपल क्याम्पस अध्यक्ष सुर्य बहादुर थापाले बताउनु भयो दुबै क्यापस बिच लक्ष्मि श्री मल्टिपल क्याम्पस समनपुर बीच जारी रहेको समेत उनले बताए ।

प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार १६:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको