बीस वर्ष पछि मिर्चैयामा मेयर गोल्डकप फुटबल प्रतियोगिता



श्याम ठाकुर
सिरहा , वैशाख २६। बीस वर्ष पछि मिर्चैया नगरपालिकामा आयोजित प्रथम मिर्चैया मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी माथि सिरहा धनगढी टिमले कब्जा गरेको छ ।
२०८२ /०१\ १९ गते बाट सुरु मेयर गोल्डकप फुटबल प्रतियोगिता शुक्रबार श्री उ.मा.वि. प्राङ्गणमा सम्पन्न फाइनल खेलमा धनुषा खैरबोना २ लाई सिरहा धनगढीले १ गोलले हराउँदै उपाधीमाथी कब्जा जमाएको हो ।
जितसँगै सिरहा धनगढीले ६८ हजार नगद पुरस्कार हात पारेका छन । यस्तै उपबिजेता धनुषाले खैरबोनाले ४१५०० नगद पुरस्कार प्राप्त गरेका छन ।

मिर्चैया फुटवल कल्ब र मिर्चैया पालिकाको समन्यमा मिर्चैया प्रथम फुटबल खेल आयोजना गरिएको हो
प्रतियोगिता समाप्ति पछि आयोजित पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवले बिजेताहरुलाई कप, प्रमाणपत्र र नगर पुरस्कार बितरण गरे ।
मिर्चैया नगरपालिकाको सहयोग तथा मिचैया फुटवल कल्बको आयोजनामा संचालित प्रतियोगितामा कुल ८ टिमको सहभागिता थिए।
प्रथम उपाधी धनगढीलाई प्रमुख अतिथि मिर्चैया पालिका प्रमुखले प्रमाणपत्र र नगद चेक र दोसल्लाबाट सम्मान गरे ।
प्रतियोगिताको म्यान अफ द म्याच पुस्पराज चौधरीलाई र गोलडेन बुट रबिन यादब र गोलडेन गोल्स दिलिप साई र टुनामेनट अफ द खेलाडी बिश्व राई लाई अतिथिहरु द्वरा समान तथा पुरस्कार बाट पुस्कृत भएको हो ।

प्रकाशित मिति: २०८२ बैशाख २६, शुक्रवार २१:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको