मुख्यमन्त्री सिंहको अस्पताल अनुगमन स्टन्टबाजी मात्र हो: कार्की



ओम प्रकाश यादव
रौतहट, वैशाख २७ । नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनिल विक्रम कार्कीले मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले सञ्चालन गर्दै आएको अस्पताल अनुगमन स्टन्टबाजी मात्र रहेको बताएका छन्।

मुख्यमन्त्री सिंहले सस्तो लोकप्रियता कमाउन आफ्ना क्षेत्राधिकार भन्दा बाहिर गएर मधेश प्रदेशका निजी अस्पतालगरुमा गरिरहेको अनुगमन कानुन विपरीत रहेको कार्कीले बताएका हुन्।

नेपाल चिकित्सक संघ रौतहटको नयाँ शाखा विस्तार कार्यक्रमलाई आज रौतहटको चन्द्रनिगाहपुरमा सम्बोधन गर्दै उनले यस्तो बताए ।

आफैं क्यामरा बोकेर अस्पतालहरुमा छड्के अनुगमन गर्दै मुख्यमन्त्री सिंहले भाइरल हुन् खोजेको उनले आरोप लगाए।

निजी अस्पताल अनुगमन गर्ने अधिकार मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय र स्थानीय तहको मात्र रहेको भएपनि मधेशका मुख्यमन्त्री सतीश कुमार सिंहले आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर अस्पताल अनुगमन गरिरहेको उनले बताए।

मुख्यमन्त्रीले प्रदेशमा भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम गर्ने तिर ध्यान दिनुको सट्टा दिनभरि सुधारको नाममा दिनभरि अस्पताल अनुगमन गरेर दिन बिताउने गरेको उनले बताए।

कुनै अस्पताल यदि मापदण्ड विपरीत सञ्चालित छ भने त्यसलाई कार्यवाही गर्ने विभिन्न निकाय हुँदाहुँदै मुख्यमन्त्री जस्तो व्यक्ति आफैं अस्पताल अनुगमनमा खट्नु चिन्ताको विषय बनेको उनले बताए।

नियम विपरीत सञ्चालित अस्पताललाई सेवा सञ्चालन गर्न दिएर सुधारको लागि समय दिनुको सट्टा मुख्यमन्त्री सिंहले अस्पताल नै बन्द गर्नु गलत रहेको उनले बताए।

स्वास्थ्य जस्तो अति संवेदनशील संस्थालाई बन्द गरिदिंदा गरिव नागरिक कहाँ गएर उपचार गराउने भन्दै उनले मुख्यमन्त्री सिँहसंग प्रश्न गरे ।

प्रकाशित मिति: २०८२ बैशाख २७, शनिबार १४:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको