राजविराज, बैशाख ३१ । हुलाकी सडक मार्ग अन्तर्गत सप्तरीको विष्णुपुर गाउँपालिका १ खुरहुरीया नजिकै मंगलबार राती ट्याक्टर दुर्घट्ना हुदा चालकको मृत्यु भएको छ ।
यसरी मृत्यु भएका चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कविलाशाका १८ वर्षिय दिपक कुमार सन्त रहेको प्रहरीले जनाएको छ ।
अनटेस्ट ट्याक्टर एक्कासी अनियन्त्रित भई सडक किनारमा पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन । ट्रयाक्टर पल्टिएपछी च्याप्पिएर गम्भीर घाईते भएका उनको उद्दार गरी प्रहरीले उपचारका लागी छिन्नमस्ता अस्पताल पु¥याएको थियो । तर उपचार कै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागी स्थानीय गजेन्द्र नारायण सिह अस्पताल पु¥याई घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



