जनकपुरधाम, जेठ २ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकको सशक्त विरोध गर्ने बताएका छन् । उनले उक्त विधेयकको सडक र सदन दुवै मोर्चाबाट विरोध गर्ने उल्लेख गरेका हुन् ।
उनले सरकारले भूमाफियाको स्वार्थमा अहिलेको वधेयक ल्याएको दावी गरे । यसले वन र भूमि सक्ने उनको टिप्पणी छ ।
भूमिसम्बन्धी अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौँ । अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुने गरी तिनै प्रावधान राखेर सरकारले भूमिसम्बन्धी विधेयक ल्याएको छ, यादवले फेसबुकमा लेखेका छन्, ुसडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौं ।
यसअघि सरकारले भूमिसम्बन्धि अध्यादेश ल्याएको थियो । तर, जसपा नेपालले उक्त अध्यादेशमा सहमति नजनाएपछि सरकार पछि हटेको थियो । तर, अहिले ल्यइएको विधेयक पनि भूमाफियाको स्वार्थमा रहेको यादवको दावी छ ।








