मोटरसाइकल एक आपसमा ठोकिदा २को मृत्यु



सर्लाही, जेठ ६ । दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा दुवै जना चालकको मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार दुई जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार आज दिउसो ४ बजे बागमती नगरपालिका(४ जिरायत बजार स्थित भित्री सडक खण्डमा पुतली चोकबाट सोल्टी बजार तर्फ जाँदै गरेको प्र.३–०२–००६प ७८६८ र विपरीत दिशाबाट आउँदै गरेको बा५६प ५२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।



दुर्घटनामा बा५६प ५२६ नम्बरको मोटरसाइकल चालक रौतहटको बिसुनपुर्वा गाउँपालिकाका ३३ वर्षीय नागेन्द्र साह सोनार र प्र.३–०२–००६प ७८६८ नम्बरको मोटरसाइकल चालक काठमाडौं महानगरपालिका –२३ बसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धरको मृत्यु भएको छ ।

दुवै जनालाई उपचारका लागि चन्द्रनिगाहपुरअस्पताल लगिएको भए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।

प्रकाशित मिति: २०८२ जेष्ठ ६, मंगलवार २०:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको