देउवाले पार्टीका शीर्ष नेताहरूलाई बुढानीलकण्ठ बोलाए



काठमाडौं, जेठ ८ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलको लागि बोलाएका छन्।

देउवाले आफ्नै निवास बुढानीलकण्ठमा ४ बजे बैठक बस्ने गरी पार्टीका नेताहरूलाई बोलाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारको समीक्षा, पार्टीको गतिविधिबारे छलफल हुने जनाइएको छ।

देउवाले आजै शीर्ष नेताहरूसँग बस्नुअघि महामन्त्री गगन थापासँग पनि छलफल गरेका थिए। तर कांग्रेसका नेताहरूले आजको बस्ने बैठकलाई औपचारिक नभई सामान्य छलफल मात्रै भनेका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहीबार १४:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको