राजसंस्था पक्षधर चार नेताहरूसँग पूर्वराजा शाहको लञ्च मिटिङ



काठमाडौँ, जेठ ८ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पक्षधर चार जना नेताहरूसँग लञ्च मिटिङ गरेका छन्।

पूर्वराजा शाहले काठमाडौंको सोल्टी होटलमा बिहीबार राजसंस्था पक्षधर चार जना नेताहरूसँष लञ्च मिटिङ गरेको स्रोतले पुष्टि गरेको छ।पूर्वराजा शाहसँग भेट्नेमा  संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर बिष्ट छन्।

यसबारे जानकारी राख्ने स्रोतका अनुसार पूर्वराजा शाहले बिहीबार मध्याह्न करिब १ घन्टा यी चार नेताहरूसँग लञ्च मिटिङ गरेका थिए। राजसंस्था पक्षधरहरूले यही जेठ १५ गतेदेखि निर्णायक आन्दोलन गर्ने बताइरहेका बेला पूर्व राजा शाहसँग यी चार नेताको भेट भएको हो। यसअघि पूर्वराजा शाहले नगरकोटमा राजावादी नेताहरूसँग भेट गरेका थिए। त्यस्तै,  वैशाख ५ गते उनले राप्रपाका ७ जना नेताहरूलाई लञ्च खान निर्मल निवासमा नै बोलाएका थिए।

राजसंस्था पक्षधरहरूले राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत माग राख्दै आन्दोलन गर्न लागेका हुन्।

प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहीबार १८:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको