काठमाडौं, जेठ ८ । संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सभापति ऋषिकेश पोखरेल र सदस्य माओवादी सांसद अमनलाल मोदीबीच नोकझोंक भएको छ । आफूलाई बोल्न नदिएको भन्दै मोदीले विरोध जनाएपछि पोखरेल पनि झोंक्किए ।
मोदीले विपक्षी दललाई प्रतिवन्ध लगाएको बताएपछि पोखरेलले युट्यूबर ल्याएर भ्यूजका लागि मात्र बोल्ने गरेको मोदीमाथि आरोप लगाए । सांसद मोदीले संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका विषय उठान गर्न खोज्दा सभापतिले रोक्नु दुर्भाग्य भएको बताए ।
पोखरेलले हरेक पटक लेखा समिति बैठकलाई अमर्यादित बनाउने काम गरेको भनेपछि मोदीले आफूलाई समिति सभापतिले नभई पार्टीले पठाएको जवाफ दिए ।



