एकल महिलाको समस्या नीति तथा कार्यक्रममै समेटिने : मन्त्री जयसवाल



जनकपुरधाम, जेठ ९ । मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद कुमार जयसवालले एकल महिलाहरुको समस्या समाधान बारे प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै समावेश गर्ने बताएका छन ।

महिला अधिकार प्रवद्र्धनको उद्देश्यसहित क्रियाशील महिला, एकल महिला समूह धनुषाद्वारा आयोजित तनाव व्यवस्थापन सम्बन्धी दुई दिने तालिमको आज समुद्घाटन गर्दै मन्त्री जयसवालले सो कुरा बताएका हुन ।



एकल महिलाहरुले समाजमा भोग्नु परेको समस्या सर्वविदित रहेको उल्लेख गर्दै उनले ती समस्याहरुको समाधान समाजिक स्तरमै गर्नु पर्ने स्पष्ट पारे । सरकारको नीति नियमले मात्र एकल महिलाको समाजिक जीवन सहज नहुने उल्लेख गर्दै उनले सरकारले सहजीकरण मात्र गर्ने बताए ।

समाजिक व्यवस्थाका कारण तनावमा रहेकी एकल महिलाहरुलाई यो तालिमले केही मात्रामा भएपनि सहज बनाउने विश्वास व्यक्त गर्दै मन्त्री जयसवालले यस्ता तालिमहरुका लागि प्रदेश सरकार समेत अघि बढने विश्वास दिलाए ।

सिटी स्टार होटल, शिव चौकमा सुरु भएको दुई दिवसीय तालिममा विभिन्न समुदायबाट सहभागी महिलाहरुलाई तनाव व्यवस्थापनका प्रभावकारी तरिकाहरु, मानसिक स्वास्थ्यको महत्व र आत्म सशक्तिकरणका उपायहरुबारे प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

तालिममा करिब १५ जना महिलाहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रबार १६:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको