जनकपुरधाम, जेठ १८ । मधेशमा गुणस्तरीयता आवश्यक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
जनकपुरधाममा आयोजित मधेश सरकारको ६४ निर्वाचन क्षेत्रमा दोस्रो चरण अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्र पाँच किलोमिटर कालोपत्रे सडक शिलान्यास समारोहमा उनले मधेशमा गुणस्तरीयता आवश्यक रहेको बताए ।
शिलान्यास समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य देखि लिएर विकास निर्माणको कार्यमा गुणस्तरीयता आवश्क रहेको बताएका थिए । मधेश प्रदेशको शिक्षा स्तर देश भरिमै सवै भन्दा कमजोर रहेको भन्दै उनले सुविधा सम्पन्न विद्यालयहरु ठाउँ ठाउँमा भए पनि शिक्षामा पछाडि पर्नुको कारण के होला भनेर प्रश्न गरेका थिए ।
उनले भने–‘त्रेत्रा युगमा जव अक्षरको अविश्वकार पनि भएको थिएन् त्यतिवेला यहाँ शास्त्रार्थ हुन्थ्यो तर, अहिले शिक्षाको सुचकांकमा सवै भन्दा कमजोर हुनुले हामीले आफैमा रहेको कमी कमजोरी नियाल्नुपर्ने हुन्छ ।’ पहाडी जिल्लाहरुमा चार÷पाँच घण्टा पैदल यात्रा गरेर विद्यालय पुग्ने गरेका छन् उनीहरु आज राम्रो शिक्षा आर्जन गरेर राम्रो नागरिक बन्न सफल भएका छन् तर, यहाँ के भयो भनेर प्रश्न समेत गरे ।

विकास निर्माण, शिक्षा, स्वास्थ्य सवैमा सुशासनको आवश्यकता रहेको बताउँदै प्रधानमन्त्री ओलीले आफैमा पहिला सुशासन कायम गर्न जनता संगै जनप्रतिनिधिहरुलाई समेत आग्रह गरेका थिए । उनले हामी पछाडि पर्नुमा कृतिम कारण रहेको समेत उल्लेख गरे । उनले हामीलाई पछाडि पार्नुमा कृतिम कारण रहेको उल्लेख गर्दै यसलाई जसरी भए पनि पराजित गर्नुपर्नेमा जोड दिए ।
मुलुकले विकास निर्माणको काममा ठूलै फड्को मारेको दावी गर्दै प्रधानमन्त्री ओलीले १० हजार भन्दा बढी आवास निर्माण, बाटोघाटोलाई चौडा गर्नु, नेपाल रेल्वे सञ्चालन लगायतका दर्जनौ विकास निर्माणका कामहरु भएको उनले बताए । उनले छिट्टै रेल्वे सेवालाई विस्तार गर्ने लक्ष्य नेपाल सरकारको रहेको जानकारी समेत गराएका थिए । उनले मुलुकको कुनै पनि संस्थान घाटामा जानुको कारण हामी आफै रहेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले नेपाल रेल्वे समेत घाटामा रहनुको पछाडि विदेशी जनशक्ति नै रहेको बताएका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले मधेशमा समृद्धि ल्याउने मुख्य विषयमा हमी केन्द्रीत नभएको भन्दै सिँचाई मधेश प्रदेशको समृद्धिको मुख्य आधार रहेको उनले बताएका थिए । नजिकमै कोशी नदी छ त्यसको पानीलाई सिँचाईको रुपमा प्रयोग गर्न सकिन्छ, चुरे जोगाएर मधेशको पानीको सतह बढाउन सकिन्छ, बनजंगल जोगाउनुले समेत मधेशको समृद्धि हुन सक्छ त्यस तिर ध्यान दिन प्रदेश सरकारलाई निर्देशन समेत दिएका थिए ।
उनले सुनकोशी मरिण डाइभर्सनले मधेश प्रदेशका हजारौं विघा जमिनमा सिँचाई गर्न सकिन्छ तर ठेक्केदारको लापरवाहीले त्यो योजना अहिले सम्म कार्यान्वयन हुन नसकेको प्रति उनले दुःख व्यक्त गरे । आगामी दिनमा त्यस्ता ठेक्केदारवाट ठेक्का तोडेर नयाँ प्रक्रियावाट कामको थालनी गर्ने उनले बताए । उनले विकास निर्माणको काममा गुणस्तरीयता संगै ढिलासुस्तीमा पनि ध्यान दिनुपर्ने बताएका थिए ।
प्रधानमन्त्री ओलीले गरे शिलान्यास
सडकको निर्माण कार्य ३ वर्षमा
१२ अर्ब ७० करोडको लागतमा बन्ने सडकको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रवाट डिजिटल प्रविधि मार्फत गरेका छन् ।
सो सडकको निर्माण कार्य ३ वर्षको अवधिमा पुरा हुने जनाइएको छ । पहिलो चरण अन्तर्गत ६४ निर्वाचन क्षेत्रमा ३ सय २० किलोमिटर सडक निर्माण अगाडि बढाएकोमा त्यस मध्ये २ सय किलोमिटर सडकको निर्माण भइसकेको मन्त्रालयले जनाएको छ ।
शिलान्यास हुने सडकहरू मध्ये गाउँ क्षेत्रमा फरक र सुहाउँदो प्रविधि तथा गाउँ बाहिर स्फाल्ट प्रविधिको कालोपत्रे गरिने भएको मन्त्रालयले जनाएको छ । सडकको चौडाई साढे पाँच देखि ७ मिटरसम्मको हुने मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
यसका साथै मन्त्रालयले ८ वटै जिल्लाका ६४ प्रदेश सभाका निर्वाचन क्षेत्रमा १–१ वटा पक्की पुलको निर्माण गरिने गरि प्रक्रिया अगाडि बढाउनुका साथै सडक निर्माण गर्दा जलवायु परिवर्तनबाट परेको प्रभावको असरलाई न्यून गर्ने गरि काम भइरहेको जनाएको छ ।







