वातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रम



जनकपुरधाम, जेठ २२ । आज, २०८२ साल जेठ २२ गते ९जुन ५, २०२५०, नेपाल डेभलपमेन्ट सोसाइटीले जनकपुरधाम, धनुषा जिल्लामा विश्व वातावरण दिवस को अवसरमा विविध कार्यक्रमहरू आयोजना गर्दै जनकपुरधाम उप(महानगरपालिका, ग्रीन स्पेस नेपाल, इन्सेक नेपाल, वोरक लगायत विभिन्न संस्थाहरूसँगको सहकार्यमा यो दिवस मनाइएको छ।

कार्यक्रमको सुरुवात “द्यभबत तजभ एबिकतष्अ ऋजबििभलनभ” नामक अभियानबाट भएको थियो, जसमा २ वटा विद्यालय र १ कलेज गरी ५० जना विद्यार्थीहरू सहभागी थिए। विद्यार्थीहरूले जनक चोकबाट सुरु गर्दै शिव चोक, राम चोक, गंगानगर तथा केही मन्दिर क्षेत्रहरू हुँदै प्लास्टिक फोहोर संकलन गरेका थिए। संकलन गरिएको फोहोर झोलामा राखेर अन्तिम बिन्दु पुनः जनक चोकमै पुगेर कार्यक्रम सम्पन्न गरिएको थियो।
जसले सबैभन्दा धेरै तौलको प्लास्टिक फोहोर संकलन गर्‍यो, उसलाई विजेता घोषणा गरिएको थियो। त्यसपछि दोस्रो र तेस्रो स्थान फोहोरको तौलको आधारमा क्रमशः निर्धारण गरिएको थियो। विजेता, प्रथम उपविजेता र द्वितीय उपविजेतालाई ट्रफी र मेडल प्रदान गरिएको थियो।

कार्यक्रममा विभिन्न संघसंस्था तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। साथै, जनकपुरधाम उप(महानगरपालिकासँगको सहकार्यमा तिरुथिया गाछी क्षेत्रमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको थियो।

यस सामूहिक प्रयासले वातावरण संरक्षणप्रति समर्पण देखाएको छ र प्लास्टिक प्रदूषण अन्त्यतर्फ एक महत्वपूर्ण कदमको रूपमा लिइएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २२, बिहीबार २०:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको