ज्ञान भूमिबाट दिक्षित भएकाहरु प्रतिस्पर्धामा टप हुने : प्रधानमन्त्री ओली



जनकपुरधा, जेठ २७ । ज्ञान भूमिबाट दिक्षित भएकाहरु कहि कतै कुनै प्रतिस्पर्धामा टप हुने प्रधानमन्त्री तथा राजर्षि जनक विश्व विद्यालयका कुलपति केपी शर्मा ओलीले दावी गरेका छन् । उनले मिथिला क्षेत्र ज्ञान भूमि रहेको बताउँदै यहाँबाट दिक्षित भएकाहरु अत्यन्तै प्रतिभाशाली रहेको विश्वास व्यक्त गरेका छन् ।

राजर्षि जनक विश्व विद्यालयको पहिलो दिक्षान्त समारोहलाई आज जनकपुरधाममा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालको नयाँ पिँढी जिनियस रहेको बर फरक–फरक क्षेत्रमा नयाँ पिढीले अब्बलता प्रदर्शन गरिरहेको बताए ।



उनले अहिले सम्म जे जति पाउनु भएको छ त्यसवाट ठूल ठूला उपलव्धि हासिल गरी देश सेवामा समर्पित हुन दिक्षित भएका विद्यार्थीहरुलाई आग्रह गरेका थिए । ‘नेपालका नयाँ पिँढी प्रतिभाशाली रहेको र फरक–फरक क्षेत्रमा उत्कृष्टता प्रदर्शन गरिरहेकोमा खुसी लागेको छ,’ उनले भने,‘रुचिको विषय पढ्ने वातावरण बने नयाँ पिँढी अझै जिनियस हुने देखेको छु । बालबालिकालाई डाक्टरै, इञ्जिनियरै पढ् भनेर जबर्जस्ती गर्नुभएन । उनको रुचिअनुसारको पढाइको वातावरण मिलाउनुपर्छ । रुचिको विषय पढे प्रतिभा देखाउन सजिलो हुन्छ ।’

प्रधानमन्त्री ओलीले ज्ञानसँगै मेहनत गरे जीवनलाई सफल र उचाइमा पु¥याउन सकिने बताए । उनले रुचिअनुसारको पढाइको वातावरण नभए मात्र अन्य ठाउँमा पढ्न जानुपर्ने बताए । ‘पूर्वी दर्शन सिद्धान्तका आधारित रहेकाले नेपालमा अध्ययन–अध्यापन र शास्त्रार्थको इतिहास पुरानो र गौरवपूर्ण छ,’ प्रधानमन्त्री ओलीले भने,‘विद्वत्, ज्ञान र दर्शनको छलफल हुने थलो हो, नेपाल । त्यसैले अनुभूति, अनुभवको संगालोले नै ज्ञानको भण्डार प्राप्त हुन्छ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सतिशकुमार सिंहले मधेशका छोरीहरू शिक्षामा पनि अब्बल रहेको दीक्षान्त समारोहले पुष्टि गरेको बताए । उनले १० जना उत्कृष्ट विद्यार्थीमा ६ जना छात्राले ’ट्रिपल मेडल’ जित्नु नै छोरीहरइ पढाइमा पनि उत्कृष्ट रहेको बताए ।

‘छोरालाई सरकारी र छोरीलाई बोर्डिङ स्कुलमा पढाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ मुख्यमन्त्री सिंहले भने,‘मधेशका छोरीहरू पढाइमा पनि अब्बल रहेको धेरै पटक प्रमाणित गरिसकेको छ । त्यसैले पढाइमा भेदभावको अन्त्य गर्नुपर्छ ।’ उनले प्रदेश सरकारले स्थापना गरेको विश्वविद्यालयलाई पनि संघीय सरकारले अनुदान दिनुपर्ने माग गरे । मधेश प्रदेश सरकारले तीन वटा विश्वविद्यालय स्थापना गरेको छ ।

दीक्षान्त समारोहका प्रमुख अतिथि प्राध्याकप राजेन्द्र विमलले शिक्षाले ज्ञान दिए पनि दीक्षाले ज्ञानमा रूपान्तरण ल्याउने गरेको बताए । उनले शिक्षासँग ज्ञानको रूपान्तरणका लागि दीक्षान्त समारोह आयोजना गर्ने गरिएको जानकारी दिए । करिब ८ वर्षअघि सञ्चालनमा आएको राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा दुई ब्याचका करिब १ सय १४ जना विद्यार्थी दीक्षित भएका छन् ।

प्रकाशित मिति: २०८२ जेष्ठ २७, मंगलवार १७:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको