मेयर यादवद्वारा छठघाट को शिलान्यास



मलंगवा, जेठ २८ । गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र कुमार यादवले छठघाटको शिलान्यास गरेका छन् ।

गोडैता–८ बनियाकुटी मठ नजदीकको पोखरीमा छठ घाट निर्माण मधेस प्रदेश सरकारको सहयोगमा रु ५० लाखको लागतमा निर्माण हुन गइरहेको छठघाटको नगर प्रमुख यादवले शिलान्यास गरेका हुन।

वडाका छ्ठ ब्रतालुहरुलाई सहज रुपमा पुजा अर्चना र छ्ठी घाटको रौनकटा बढाउन आफ्नो अथक प्रयासमा मधेस सरकारको सहयोगमा योजना पारी नगर प्रमुखद्वारा शिलान्यास गराईएको वडा अध्यक्ष मिरेन्द्र झाले बताए।

छ्ठघाटको निर्माणकार्य एक महिनाभित्र सप्पन्न हुने गरी काम अगाडि बढाईएको वडा अध्यक्ष झाले बताउनु भयो ।कार्यक्रममा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०८२ जेष्ठ २८, बुधबार १४:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको