भारतको अहमदाबादमा विमान दुर्घटना



जनकपुरधाम, जेठ २९ । भारतको गुजरातस्थित अहमदाबादमा विमान दुर्घटना भएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार एअर इण्डियाको विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ ।

लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको छ । अहमदाबादको मेघानी क्षेत्रमा यात्रुसहितको विमान दुर्घटना भएको टाइम्स अफ इण्डियाले जनाएको छ । विमानमा १५० भन्दा बढी यात्रु रहेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।



भारतको सरकारी समाचार एजेन्सी पीटीआईले सरदार बल्लभ भाइ पटेल विमानस्थल नजिक आगोको मुस्लो र धुवाँ उडिरहेको भिडिओ सार्वजनिक गर्दै विमान दुर्घटनाको पुष्टि गरेको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ २९, बिहीबार १५:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको