नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन शुरु



ललितपुर, जेठ ३१ ।  जनता समाजवादी पार्टी, नेपालको नेवाः राष्ट्रिय समितिको ऐतिहासिक प्रथम अधिवेशन शुरु भएको छ।

शनिबार ललितपुरको गोदावरीमा आयोजित कार्यक्रमको प्रमुख अतिथि जसपा नेपालका अध्यक्ष  उपेन्द्र यादवले अधिवेशनको उदघाटन गरेका छन।

गोदावरी नगरपालिका–१४, स्थित ठैबको ता–फल्चाको प्राङ्गणमा बिहान ८ बजेदेखि नेवार समुदाको स्थानीय पहिरन र संस्कृति झल्किने गरि सयौको संख्यामा र्याली निकालिएको थियो।

जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य र केन्द्रीय उपाध्यक्ष बिधुत बज्राचार्यको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेतृत्वसहित काठमाडौँ उपत्यकाका स्थानीय नेवार समुदायको बाक्लो उपस्थिति रहेको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३१, शनिबार १३:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको