बजेट मन्त्रालयको कब्जामा परेको जस्तो देखिन्छ : प्रकाशज्वाला



काठमाडौं, असार २ । नेकपा एकीकृत समाजवादीका सांसद तथापूर्व भौतिकपूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संसदको वर्तमान सञ्चालन शैलीप्रति गम्भीर प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमाबोल्दै उनले प्रतिपक्षदलकामान्यहरुले वेल घेराउ र नाराबाजी गरिरहेका बेला संसद चल्नु आफैंमा दुखदपक्षभएको बताएकाहुन् ।

उनले भने, ‘मलाई एउटा कुरा अनौठों लागेको छ । वास्तवमा संसदमाप्रतिपक्षदलकामान्यज्यूहरु वेल घेराउ र नाराबाजीमाहुनुहुन्छ । यताहामीले संसद चलाईरहेका छौं । यो कस्तो परम्परा हामीबसाल्दै छौं । मलाई अचम्मलागेको छ हाम्रो नियमावली र हाम्रो संसदीयअभ्यासले यो खालको तरिकाले संसद चलाउनुलाई एउटादुखदपक्षको रुपमालिन सकिन्छ ।’

त्यस्तै, सांसद ज्वालाले बजेट छलफलप्रतिपनिअसन्तुष्टिजनाउँदै सौद्धान्तिकछलफलअघिनबढ्दै मन्त्रालयगत बजेट पुस्तकवितरण गरिनु गलतभएको बताए।

‘यसले सौद्धान्तिकछलफल रुमलिएको छ,’उनले भने, ‘अब छलफलत्यता केन्द्रितहुने अवस्था छ। सहरी विकास मन्त्रालयको मात्र कुरा गर्दापनि बजेट सरकारका केहीमन्त्रीहरूले एकलौटी रूपमाकब्जा गरेको जस्तो देखिन्छ ।’

उनले मन्त्री र नेताका बुवा आमाको नाममा, पार्टी र जनसंगठनकाकार्यालय निर्माणकालागि अरबौं रुपैयाँविनियोजन गरिएको बताए । ‘उनले भने, ‘वास्तवमाहामी यो बजेटको सौद्धान्तिकछलफलमाछौं । सौद्धान्तिकछलफलअगाडिनबढ्दै मन्त्रालयगत पुस्तकहरु वितरण गरिएकाछन् । जसले गर्दाखेरि यो सौद्धान्तिकछलफलपनि एक किसिमले रुमलिएको छ । अब चाँहीछलफलत्यता केन्द्रितहुने अवस्था छ । जस्तो सहरी विकास मन्त्रालयको मात्रै कुरा गर्दाखेरी यो बजेटलाई सरकारका मन्त्रीहरुले एकलौटिकब्जा गरेको जस्तो देखिन्छ । मन्त्री र नेताका बुवा आमाका नाममा, पार्टी र जनसंगठनकापार्टी कार्यालय बनाउन अरबौं रकमबाँडिएको छ । तर दुर्गम जिल्लाहरुमा स्वास्थ्य चौकी, खानेपानी जस्ता आधारभूत आवश्यकताहरुमा बजेट नभएर जनताहरु छटपटाइ रहेका छन् । ’

सांसद ज्वालाले बजेट निर्माणको प्रक्रियामा देखिएको पक्षपाती रवैयाको विरोध गर्दै जनताको प्राथमिकतालाई केन्द्रमा राखेर बजेट बनाइनुपर्ने माग गरे ।

प्रकाशित मिति: २०८२ असार २, सोमबार १४:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको