टेबलटेनिस टोली उज्वेकिस्तान जादैँ



काठमाडौं, असार ११ । एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन नेपाली टोली आज उज्वेकिस्तान जादैँछ ।

नेपाली टोलीमा पुरुषतर्फ प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल रहेका छन् भने महिलातर्फ योङगी पौडेल, वियंका राई र इभाना थापाले नेपालको प्रतिनिधित्व गर्नेछन् । यसरी प्रतियोगितामा नेपालले ३/३ जना पुरुष र महिला खेलाडीमार्फत आफ्नो चुनौती प्रस्तुत गर्नेछ ।

टोलीको नेतृत्व ज्याकी महर्जनले गर्नेछन् भने प्रशिक्षकको जिम्मेवारी मोहनदास बासुकलाले सम्हाल्ने छन् । च्याम्पियनसिपमा एसियाली मुलुकहरूका उत्कृष्ट युवा खेलाडीहरूबीच प्रतिस्पर्धा हुने भएकाले प्रतियोगिता नेपालका लागि महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ ।

उज्वेकिस्तान प्रस्थान अघि एक कार्यक्रमबीच टेबलटेनिस टोली उज्वेकिस्तान जादैँ गर्दा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली टोलीलाई बिदाइ गरेका थिए । बिदाइ कार्यक्रममा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुँवेरप्रकाश सिंहलगायत संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।

बिदाइ कार्यक्रममा बोल्दै सदस्य–सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा नेपाली खेलाडीले न केवल देशको प्रतिनिधित्व गर्ने, बरु आफ्नो प्रतिभा प्रस्तुत गर्ने सशक्त माध्यम पनि भएको बताए । उनले खेलाडीलाई आत्मविश्वासका साथ खेलमा सहभागी भइ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे ।

टेबलटेनिस टोली उज्वेकिस्तान जादैँ गरेको टोलीलाई टेबलटेनिस संघका अध्यक्ष हमालले युवा खेलाडीहरूले भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने सम्भावना रहेको उल्लेख गर्दै उज्वेकिस्तान यात्रालाई सिकाइ र अनुभव सँगाल्ने अवसरको रूपमा लिनुपर्ने बताए ।

एसियाली युथ टेबलटेनिस च्याम्पियनसिप एसियाली टेबलटेनिस संघको आयोजनामा हरेक वर्ष हुने गर्छ । यस प्रतियोगिताबाट भविष्यका सम्भावनाशील खेलाडीहरू निखारिने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयारी हुने विश्वास गरिएको छ । नेपाली टोलीको यो सहभागिताले देशको टेबलटेनिसको अन्तर्राष्ट्रिय उपस्थिति थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०८२ असार ११, बुधवार ०८:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको