वृजमान तामाङ
राजविराज, असार १२ । राजबिराजमा संचालित राजबिराज मेयर कप सप्तरी महिला प्राईड लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोश्रो दिनको खेलमा खडक क्युईनस बिजयी भएको छ। पवि माविको खेलमैदानमा बिहिवार सम्पन्न खेलमा सुरुङ्गा सरभाईबल्सलाई ५८ रनले पराजित गर्दै खडक क्युईनस बिजयी भएको हो।
टस जितेर खडक क्युईन्सले २० ओभरमा ५ बिकेट गुमाएर १ सय ४१ रनको योगफल खडा गरेका थिए।जसमा ममता चौधरीले उत्कृष्ट ब्याटिंंग गर्दै ६८ रन बनाएका थिए।
यसैगरी अर्का ब्याटर मोनिका साहले ३७ रन बनाएका थिए।बलिंग तर्फ सुरूङ्गाका दिपा राम २ बिकेट तथा रोेजी खत्री, सानू राजबंशी र सरस्वती चौधरीले १/१ बिकेट लिएका थिए।
जवाफमा १ सय ४२ रनको लक्ष्य लिएका खडकले १६ ओभर १ बलमा सबै बिकेट गुमाएर ८३ रन मात्र बनाउन सकेका थिए।जसमा रोेमा थापा ३७ रन र साना परविनले १८ रन बनाएका थिए।
बलिंग तर्फ खडकका भुमी सिँह र टीका साहले समान ३/३ बिकेट र ममता चौधरीले २ बिकेट लिएका थिए ।
राजविराज मेयर कप खेलको पलेयर अफ दि म्याच ममता चौधरी घोषित भएककी थिइन।






