चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जित्यो



काठमाडौं, असार ३० । इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्व कप २०२५ को उपाधि जित्न सफल भएको छ। सानदार प्रदर्शन गर्दै चेल्सीले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (PSG) लाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।

कोल पालमर चेल्सीको जितका नायक बने। उनले खेलको २२ औं मिनेटमा पहिलो गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए। त्यसको आठ मिनेटपछि उनले अर्को उत्कृष्ट गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा पालमरको पासमा जाओ पेड्रो ले गोल गर्दै पहिलो हाफमै ३–० को स्पष्ट अग्रता बनाएका थिए।

दोस्रो हाफमा PSG ले खेलमा फर्कन धेरै प्रयास गर्‍यो। उसले केही अवसरहरू सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न असफल रह्यो। थप समस्यामा पिएसजी तब पर्‍यो जब खेलको ८५ औं मिनेटमा जाओ नेभेस ले रातो कार्ड पाएर मैदानबाट बाहिरिए। यसले गर्दा PSG अन्तिम क्षणमा १० खेलाडीमै सीमित हुन पुग्यो।

चेल्सीले फिफा क्लब विश्व को लागि यो उपाधि सिजनको दोस्रो उपाधि हो। यसअघि उसले UEFA कन्फरेन्स लिग को उपाधि जितेको थियो। नयाँ प्रशिक्षकको रणनीति, युवा खेलाडीहरूको जोश र अनुभवयुक्त टिमवर्कका कारण चेल्सीले यस सिजनमा उल्लेखनीय प्रदर्शन गरिरहेको छ।

उपाधि जितेसँगै चेल्सीले आफ्नो अन्तर्राष्ट्रिय क्लब फुटबलको दबदबा पुनः स्थापित गरेको छ। कोल पालमरको दुई गोल र एक असिस्टसहितको प्रदर्शनले उनलाई “म्यान अफ द म्याच” बनायो। खेलपछि चेल्सीका प्रशिक्षकले टिमको समर्पण र अनुशासनको प्रशंसा गरेका थिए।

दोसरीतर्फ, पिएसजीको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन। विश्वस्तारका खेलाडीहरू हुँदाहुँदै पनि टोलीले गोलरहित प्रदर्शन ग¥यो, जसले उनीहरूको रणनीतिमा कमजोरी देखाएको विश्लेषणहरू आएका छन्।

यो जितले चेल्सीको मनोबललाई अझ उच्च बनाउने छ, आगामी प्रतियोगिताहरूमा पनि टोली उच्च आत्मविश्वासका साथ प्रस्तुत हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ असार ३०, सोमवार ०८:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको