नक्कली नोट र लागूऔषध सहित एक जना पत्रकार पक्राउ



दाङ, असार ३१। कोहलपुरबाट नक्कली नोट र लागूऔषध सहित एक जना पत्रकार पक्राउ परेका छन् ।

१ हजारका ५१ वटा नक्कली नोट र लागु औषध १९ किलो अफिमसहित कोहलपुरबाट सञ्चालित जनगर्जन नेटवर्क प्रालिमा कार्यरत पत्रकार मनबहादुर सहकारीलाई आज पक्राउ गरिएको इप्रका कोहलपुरका प्रमुख डिएसपी लक्ष्मी खनालले जानकारी दिइन ।

सहकारीलाई उनकै कार्यालयबाट पक्राउ गरिएको हो । उनलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ असार ३१, मंगलवार १५:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको