काठमाडौं, साउन २९ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष भट्टले मुख्यमन्त्री पदको शपथ लिएका हुन्।
भट्ट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता हुन्। नेकपा एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार बनेको दुईदलीय गठबन्धनको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।
यसअघि बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। शाहको राजीनामापछि प्रदेश प्रमुख मियाँले शुक्रबार भट्टलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
मुख्यमन्त्रीमा नियुक्त भएसँगै भट्टले प्रदेश सरकारको नेतृत्व सम्हालेका छन्।






