भुटानविरुद्ध नेपालको शानदार जित



काठमाडौं, साउन ३ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध ९–० गोलको जित निकालेको छ ।

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो ।

नेपालको जितका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे भने समीक्षा मगर र कुशुम खतिवडाले समान एक गोल गरे ।

आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ ।
नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ भने दुवै खेलमा नेपाल ७–० गोलले विजयी भएको थियो ।

नेपालले ६ खेलबाट १२ अंक बटुलेको छ । तीन खेल खेलेको घरेलु टोली बंगलादेशको ९ अंक छ । नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ ।

 

प्रकाशित मिति: २०८२ श्रावण ३, शनिवार १८:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको