राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता



काठमाडौँ, साउन २५ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा हालै सम्पन्न भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म ९५ देखि ८ अगष्ट २०२५० आयोजना भएको सो सम्मेलनमा सहभागी भएर शानिबार स्वदेश फर्कनुभएको हो । आजको भेटवार्तामा समसामयिक अन्य विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २०८२ श्रावण २५, आईतवार ११:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको