टी-२० अभ्यास खेल : साउथ अस्ट्रेलियालाई नेपालको १४७ रनको लक्ष्य



काठमाडौं, भदौ १२ । टी-२० अभ्यास खेलमा खेलमा नेपालले साउथ अस्ट्रेलियालाई १४७ रनको लक्ष्य दिएको छ।

पहिलो खेलमा टस जितेर साउथ अस्ट्रेलियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेका नेपालले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४६ रन बनाएको हो।

भीम सार्कीले ३२ बलको सामना गरेर सर्वाधिक ३२ रन बनाए । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १९ बलको सामना गरेरर २६ रन जोड्दा आशिफ शेखले १३ बलको सामना गरेर २२ रन बनाए।

नेपाल र साउथ अस्ट्रेलियाका टी–२० अभ्यासका दुई खेल आजै हुँदैछन्। पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग दोस्रो प्रतिस्पर्धा गर्नेछ।

 

प्रकाशित मिति: २०८२ भाद्र १२, बिहिवार ०९:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको