साफ यू- १७ महिला च्याम्पियनसिपः आज नेपाल भारतसँग भिड्दै



काठमाडौँ, भदौ १३ । साफ यू- १७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल भारतसँग भिड्दै छ ।
नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे सुरु हुने छ ।

डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छभने तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । नौ अङ्कका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् ।

खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपालले प्रतिस्पर्धा गर्ने छ । उपाधि जित्ने होडबाट भने नेपाल बाहिरिसकेको छ ।

प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रवार ०८:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको